खाेटाङ। जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकाका किसानले पालेका बाख्रा रोगले मर्न थालेपछि यहाँका किसान चिन्तित भएका छन्।

ज्वरो आउने, कान सुन्निने, सिङको फेदमा सुन्निने, नाक थुन्निने, श्वास फेर्न गाह्राे हुनेजस्ता लक्षण देखिएको केही दिनमै बाख्रा मर्न थालेका छन्।

गत असारदेखि फैलिएको पहिचान नभएकाे रोगका कारण धमाधम बाख्रा मरेपछि दुवै गाउँपालिकाका अधिकांश किसानका खोर नै रित्तिएको स्थानीयवासी बताउँछन्।

रोगले धमाधम बाख्रा मर्न थालेपछि व्यावसायिकरूपमा बाख्रा पालन गर्दै आएका किसान सबैभन्दा बढी मारमा परेका छन्।

खोरमा पालिएका ९ वटा बाख्रा मर्दा खोर नै रित्तिएको जन्तेढुङ्गा गाउँपालिका-५ खुटाकी रिता खत्रीले बताइन्।

बाख्रामा फैलिएको रोग नियन्त्रण गर्न हालसम्म गाउँपालिकाको तर्फबाट कुनै पनि प्रयास नभएको किसानको गुनासो छ।

बाख्रामा फैलिएको रोगको विषयमा हालसम्म कसैले पनि जानकारी नगराएको गाउँपालिकाका पशु शाखा संयोजक मनमायाँ योन्जनले बताइन्।

उनले भनिन्, “जानकारी आएको खण्डमा तत्काल प्राविधिकलाई फिल्डमा पठाएर औषधि उपचार गरिनेछ। गत वर्ष पनि यस गाउँपालिकामा बाख्रामा रोग देखा परेकाले यसवर्ष समयमै औषधि ल्याएर पूर्व तयारी गरिएको छ।”

यस्तै खोटेहाङ गाउँपालिकाका किसानले पालेका बाख्रामा समेत रोग देखा परेको गाउँपालिकाले जनाएको छ।

जिल्लाका किसानले पालेका बाख्रामा फैलिएको रोगका बारेमा अहिलेसम्म आफूसँग कुनै जानकारी नआएको भेटेरीनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय खोटाङका प्रमुख चन्द्रकिशोर यादवले बताए।

उनले  भने, “सम्बन्धित क्षेत्रमा खटिएका प्राविधिकसँग समन्वय गरेर किसानको समस्या हल गरिनेछ।” रासस

" /> खाेटाङ। जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिकाका किसानले पालेका बाख्रा रोगले मर्न थालेपछि यहाँका किसान चिन्तित भएका छन्।

"> रोगले बाख्रा मर्न थालेपछि खाेटाङका किसान चिन्तित: Dekhapadhi
रोगले बाख्रा मर्न थालेपछि खाेटाङका किसान चिन्तित

प्रतिक्रिया दिनुहोस्