वीरगञ्ज। पर्सामा भन्सार छली ल्याइएका अवैध कपडा प्रहरीले बरामद गरेको छ।
वीरगंज महानगरपालिका- ७ कुम्हाल टोल बस्ने सुजितकुमार सिंहको घरमा कोठा भाडामा लिएका व्यक्तिले भारतबाट चोरी पैठारी गरी ल्याएको कुर्ता सलवारको कपडा १९३ पिस, थानको कपडा ३० थान, नाइटी ३३ पिस र काटेको सुर्ती ३४ के.जी. बरामद गरेको हो। व्यक्तिको भने पहिचान खुलेको छैन।
त्यस्तै छप्कैया श्रीराम हलको दक्षिणपट्टी टिनाको छाप्रोमा अनाधिकृत रूपमा भण्डारण गरेको रेडिमेट सर्ट १३७ पिस , काटेको सुर्ती ४५ के.जी. फेला पारिएको पर्सा प्रहरीले जनाएको छ।
अन्दाजी तीन लाख बराबरको ती सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
" /> वीरगञ्ज। पर्सामा भन्सार छली ल्याइएका अवैध कपडा प्रहरीले बरामद गरेको छ।वीरगंज महानगरपालिका- ७ कुम्हाल टोल बस्ने सुजितकुमार सिंहको घरमा कोठा भाडामा लिएका व्यक्तिले भारतबाट चोरी पैठारी गरी ल्याएको कुर्ता सलवारको कपडा १९३ पिस, थानको कपडा ३० थान, नाइटी ३३ पिस र काटेको सुर्ती ३४ के.जी. बरामद गरेको हो। व्यक्तिको भने पहिचान खुलेको छैन।

">