कञ्चनपुर। कोरोना कहरका कारण शैक्षिक क्षेत्र प्रभावित भएको समयमा कञ्चनपुरका शिक्षक विद्यार्थीका घरदैलोमा पुगेर अभिलेखीकरण गरिरहेका छन्।
सरकारले असोज १ गतेदेखि लागू हुने गरी जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार असोज १५ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरू अभिलेखीकरणमा खटिएको शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरले जनाएको छ।
“पठनपाठनको पूर्वतयारीका लागि विद्यार्थीको विवरण सङ्कलन गर्न लागिएको हो”, इकाइ प्रमुख भरतबाबु सुवेदीले भने, “जिल्लाभर अभिलेखीकरणको कार्य जारी छ।”
उनले अर्को निर्णय नआएसम्म विद्यालय भने सञ्चालनमा नआउने बताए।
“घरदैलोमा जाँदा शिक्षकले स्वास्थ्य सामग्री प्रयोग गर्दै भौतिक दूरीलाई ख्याल गरिरहनुभएको छ”, उनले भने, “टोल/छिमेकमा समेत कसरी अध्यापन गराउन सकिन्छ भन्ने विषयमा पनि पहल हुँदैछ।”
कञ्चनपुरका २६१ सामुदायिक र २३२ संस्थागत विद्यालय छन्। रासस
" /> कञ्चनपुर। कोरोना कहरका कारण शैक्षिक क्षेत्र प्रभावित भएको समयमा कञ्चनपुरका शिक्षक विद्यार्थीका घरदैलोमा पुगेर अभिलेखीकरण गरिरहेका छन्।सरकारले असोज १ गतेदेखि लागू हुने गरी जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार असोज १५ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरू अभिलेखीकरणमा खटिएको शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरले जनाएको छ।

">