पुन: बेच्न तयार ३ लाख ४५ हजार थान प्रयोग भइसकेका कण्डम जफत
<p>भियतनाम। भियतनाम प्रहरीले ३ लाख ४५ हजार थान प्रयोग भैसकेको कण्डम बरामद गरेको छ। प्रयोग भैसकेक कण्डम सफा गरेर पुन: प्रयोगको लागि बेच्न लागेको बेला प्रहरीले बरामद गरेको भियतनामको सरकारी मिडियाले जनाएको छ।</p>
<p>भियतनामको सरकारी टेलिभिजनले प्रयोग भएका कण्डम समेत देखाएको थियो। प्रहरीले बरामद गरेको प्रयोग भैसकेको कण्डमको तौल ३६० किलोग्राम रहेको छ।</p>
<p>प्रहरीका अनुसार प्रयोग भैसकेको कण्डम तातोपानीमा उमालेर घाममा सुकाएर पुरानै आकार दिएर " रिप्याक " गरि बेच्ने गरिन्थ्यो।</p>
<p>भियतनाम सरजारी टेलिभिजनले अहिलेसम्म यस्ता कण्डम कति सङ्ख्यामा बिक्री भए भन्ने खुलाएको छैन। रिसाइकल्ड गर्नेलाई एक केजी कण्डमको ०.१७ अमेरिकी डलर दिने गरिएको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
