महाकाली पुल निर्माण ३२ प्रतिशत सकियो 
इन्जिनियर न्यौपानेका अनुसार सडक पहुँच मार्गको काम पनि सँगसँगै भइरहेको छ। करिब आठ किलोमिटर लम्बाईको सडकमा माटो भर्ने काम भइरहेको छ। निर्माण कम्पनी कुमार सीएफसी जेभीका इन्जिनियर किशोर पाण्डेयले निर्माण सम्पन्न गर्नुपर्ने आठ वटा शाखा पुलमध्ये गड्डाचौकी र भुजेलाऐरी घाटमा चार वटा पुल बनाइसकिएको जानकारी दिएका छन्। 
मुख्य पुल निर्माण स्थलमा कुल ४०८ मध्ये ९० वटा पाइलिङको काम सकिएको छ। ३४ वटा राफ्ट निर्माण गर्नुपर्ने छ। ती मध्ये अहिले १७ निर्माण भइसकेका छन्। त्यस्तै ३४ वटै पिल्लरमध्ये १७ पिल्लर बनाइसकिएको छ। 
मुआब्जाको विवाद सकिएकोले अब निर्माणको काममा अवरोध नहुने प्राविधीकहरुले बताएका छन्। पुल निर्माणस्थलका १२० घरपरिवारलाई ६४ करोड रकम मुआब्जा वितरण गरिसकिएको छ। 
पुल निर्माणले सुदुरपश्चिम प्रदेशको विकासमा सहयोग पुग्ने साथै दोधारा–चाँदनीमा सुख्खा बन्दरगाहासमेत निर्माण भएमा भारत लगायत यो नाका भएर अरब राष्ट्रसहित युरोपसम्म निर्यातका लागि बाटो खुल्ने कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्ल बताउँछन्। पश्चिमी सीमा नाका गड्डाचौकीमा नेपाल–भारत जोड्ने मोटरेबल पुल नभएकै कारण आयात निर्यातमा समस्या छ।
तीन अर्ब २७ करोड कुल लागत रहेको यस पुलको लम्बाई ८०० र चौडाई २३ दशमलब आठ मिटर छ। पुल निर्माणका लागि आर्थिक वर्ष २०७४/७५ मा ८९ करोड ५५ लाख, २०७५/७६ मा ९९ करोड ६५ लाख विनियोजन गरिएको थियो। यस आर्थिक वर्षमा ९० करोड विनियोजन भएको छ। 
प्रतिक्रिया दिनुहोस्