सर्वोच्चले जग्गा कित्ताकाट गर्ने निर्णयको सक्कल माग्यो

काठमाडौं। सर्वोच्च अदालतले जग्गा कित्ताकाट गर्ने भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको निर्णयको सक्कल मगाउन आदेश दिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश अनिलकुमार सिन्हाको संयुक्त इजलाशले बिहीबार सक्कल फाइल मगाउन आदेश दिएको हो।

अदालतका सूचना अधिकारी देबेन्द्र पौडेलका अनुसार मन्त्रालयले भदौ १७ गते, २०७६ पुस २७ गते र २०७४ साउन २६ गते गरेको निर्णयको सक्कल झिकाउन इजलासले आदेश दिएको हो।

मन्त्रालयको जग्गा कित्ताकाट गर्ने निर्णय कार्यान्वयनमा रोक लगाउन माग गर्दै अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले भदौको २८ गते रिट निवेदन दर्ता गरेका थिए।

निवेदनमा भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालयलाई विपक्षी बनाइएको थियो। मुद्दाको अर्को पेशी असोज २० गते तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्