हायस ८० फिट तल खस्दा १७ जना घाइते <p>काभ्रे।&nbsp;धुलिखेल नगरपालिका&ndash;९ विपी राजमार्गस्थित पानी ट्याङ्कीमा बा.४ ख ५८७० नम्बरको हायस गाडी बिहीबार सडकबाट करिब ८० फिट तल खसेर दुर्घटना हुँदा चालक सहित १७ जना घाइते भएका छन्।</p> <p>दुर्घटनाको खबर प्राप्त हुनासाथ घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट काभ्रेभञ्याङबाट खटिएको प्रहरीले घाइतेहरुलाई धुलिखेल अस्पताल पठाएको छ।</p> <p>घाइतेमध्ये १ जना गम्भीर, ८ जना मध्यम र ८ जनाको अवस्था सामान्य रहेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्