चार जनाको मृत्यु

काठमाडौं। कञ्चनपुरको भिमदत्त नगरपालिका-१० तिनतारा टोल बस्ने ८० वर्षीय गम्भीर चन्दको आफ्नै घरको छतबाट लडेर बिहीबार मृत्यु भएको छ।

छतमा गएको अवस्थामा लडेर घाइते भएका उनको महाकाली अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

धनुषाको मिथिला नगरपालिका-३ लालभिती बस्ने २५ वर्षीया अमृता विकको करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै घरमा जोडेको मिटरको तारमा लुगा सुकाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि जानकी मेडिकल कलेज रम्दैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

झापाको बिर्तामोड नगरपालिका-७ बस्ने राजु मर्डीको २ वर्षीय छोरा जीवन मर्डी बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन्। बुधबार साँझदेखि हराई वेपत्ता भएका उनको खोजी गर्ने क्रममा सोही ठाउँस्थित रेखा खोलामा शव फेला परेको हो।

ललितपुरको ललितपुर महानगरपालिका-२३ हरिसिद्धीस्थित कर्मनासा खोलाको बीचमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन्।

प्रतिक्रिया दिनुहोस्