धारिलो हतियार प्रहार गरी तीन जनालाई घाइते बनाएको आरोपमा पक्राउ <p>ताप्लेजुङ।&nbsp;धारिलो हतियार प्रहार गरी ३ जनालाई घाइते बनाएको आरोपमा सिरिजंघा गाउँपालिका-८ तारतुम बस्ने २२ वर्षीय लाक्पा भोटेलाई प्रहरीले पक्राउ गरेको छ।</p> <p>भोटेले धारिलो हतियार बाम्फोकले प्रहार गर्दा सोही ठाउँ बस्ने ६० वर्षीया लाक्पा फुटि भोटे, उनकै छोरा ३६ वर्षीय पासाङ भोटे र १८ वर्षीय पासाङ छिरिङ घाइते भएका थिए।</p> <p>उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तेल्लोक र प्रहरी चौकी याम्फुदिनबाट खटिएको प्रहरीले लाक्पालाई हतियारसहित पक्राउ गरेको हो। घाइतेलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी याम्फुदिन पठाइएको छ।</p> <p>घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्