चन्दा संकलन गरेको आरोपमा पक्राउ
<p>भक्तपुर। चन्दा संकलन गरेको आरोपमा मध्यपुर ठिमी नगरपालिका-१ मनोहरा सुकुम्बासी टोल बस्ने उदयपुर हदैनी-६ घर भएका ६१ वर्षीय गोपाल नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p>उक्त टोलका व्यक्ति तथा संस्थाबाट तीन लाख रुपैयाँ संकलन गरी रसिद बाँड्दै गरेको अवस्थामा विभिन्न पर्चाहरु, एनआईसी एसिया बैंकको चेकबुक १ थान र विभिन्न कागजात सहित उनलाई महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।</p>
<p>यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । <br />
</p>
प्रतिक्रिया दिनुहोस्
