काठामडौं। कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ बाट करिब ३७ केजी अवैध लागुऔषध चरेससहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका-९ बस्ने ४० वर्षीया शान्ति तामाङ र रोल्पा शिवराज नगरपालिका-५ बानियाभर बस्ने ३५ वर्षीया वसन्ती घर्ती रहेका छन्।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त चरेश सहित फेला पारी पक्राउ गरेको हो।
यस्तै सर्लाहीको मलंगवा नगरपालिका-१, भेडियाहीबाट २८ बोतल एक सय एमएलको नियन्त्रित लागुऔषध व्यालरेक्ससहित मलंगवा नगरपालिका-३ बस्ने १९ वर्षीय गणेश साहलाईलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा बोरामा लुकाई ल्याउँदै गरेको उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।
घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठामडौं। कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ बाट करिब ३७ केजी अवैध लागुऔषध चरेससहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका-९ बस्ने ४० वर्षीया शान्ति तामाङ र रोल्पा शिवराज नगरपालिका-५ बानियाभर बस्ने ३५ वर्षीया वसन्ती घर्ती रहेका छन्।

">