काठमाडौं। संयुक्त राष्ट्रसंघको महासभामा बेइजिङबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टिप्पणीले चीनलाई थप चिढाएको छ।
महासभामा ट्रम्पको सम्बोधन मनगढन्त र झुटले ओतप्रोत रहनुका साथै राजनीतिक उद्देश्यद्वारा प्रेरित रहेको चीनको आरोप छ।
ट्रम्पले मंगलबार भनेका थिए, ‘‘कोरोना चिनियाँ भाइरस हो र महामारी नियन्त्रण गर्न विफल रहेकोमा संयुक्त राष्ट्र संघले चीनलाई दोषी मान्नुपर्छ। यही कारण संसारमा १० लाखको मृत्यु भएको छ, यसमा दुई लाख त अमेरिकी छन्।’’
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेङ्बिनले ट्रम्पको टिप्पणीको आलोचना गरेका छन्। ट्रम्पले संयुक्त राष्ट्र संघ महासभामा दिएको अभिव्यक्तिको विरोध गर्दै उनले भनेका छन्, ‘‘तथ्यभन्दा पर र मनगढन्तताले भरिपूर्ण थियो। परोक्ष रुपमा राजनीतिक उद्देश्यबाट प्रेरित भएर राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसंघको मन्चलाई दुरुपयोग गर्दै चीनलाई निराधार आरोप लगाए। चीन यी सबै आरोपको दृढताका साथ विरोध गर्छ। यस्ता व्यवहारले एक पटक पुनः के देखाएको छ भने, एकपक्षवाद र ध्वाँस देखाउनु संसारकै लागि खतरनाक छ।’’
‘‘झुटलाई कुनै पनि कोणबाट सत्यका रुपमा पेश गर्न सकिँदैन। कोभिड-१९ का बारेमा चीनको रेकर्ड दुनियाँलाई थाहा छ,’’ उनले थपे, ‘‘चीन कोरोना भाइरसबाट पीडित एउटा देश हो। यसविरुद्धको लडाइँमा विश्वलाई साथ दिँदै आफ्नो योगदान चीनले गरेको छ।’’
गत वर्ष डिसेम्बरमा वुहानमा पहिलोपटक यो भाइरस देखापर्दा चीनले नियन्त्रणको कदम चालेको उनले स्पष्ट पारे। कोरोनाबारे ढिला सूचना दिएको आरोपको वाङले खण्डन गरे। जब यो भाइरसका बारेमा जानकारी प्राप्त भयो, तब नै सकेसम्म चाँडो चीनले विश्व समुदायमा यसबारे जानकारी दिएको उनको जिकिर थियो।
उनले भने, ‘‘जब मानिसबाट मानिसमा संक्रमण फैलने पुष्टि भयो, तब वुहानबाट मानिसमात्र होइन सबै कुराको निकास रोकियो। जनवरी ३१ मा अमेरिकाले चीनको सीधा उडान प्रतिबन्ध लगायो।’’
फेबु्रअरी २ का दिन अमेरिकाले सबै चिनियाँ नागरिकलाई आफ्नो सीमा बन्द गर्दा त्यो देशमा केवल दुई दर्जन संक्रमित थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनमाथि लगाउँदै आएको आरोपको पनि उनले खण्डन गरे।
" /> काठमाडौं। संयुक्त राष्ट्रसंघको महासभामा बेइजिङबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टिप्पणीले चीनलाई थप चिढाएको छ।महासभामा ट्रम्पको सम्बोधन मनगढन्त र झुटले ओतप्रोत रहनुका साथै राजनीतिक उद्देश्यद्वारा प्रेरित रहेको चीनको आरोप छ।

">