काठमाडौं। सोसल चेन्ज मेकर एण्ड इनोभेटर (सोचाइ) की संस्थापक बोनिता शर्माले यस वर्षको ‘ग्लोबल गोल प्रोग्रेस अवार्ड’ जितेकी छन्।
अन्तर्राष्ट्रिय संस्था ‘द बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन’ अन्तर्गत हरेक वर्ष ग्लोबल गोल अवार्ड कार्यक्रम आयोजना हुन्छ। यो वर्षको उक्त अवार्ड बोनिताले जितेकी हुन्।
स्वास्थ्य र विकासको लागि महत्त्वपूर्ण काम गरिरहेका विश्वभरका व्यक्ति पहिचान गरी उक्त अवार्ड दिइन्छ।
बोनिता पोषण तथा महिला सशक्तीकरणको क्षेत्रमा काम गर्दै आएकी छन्।
संस्थाले ‘ग्लोबल गोलकिपर अवार्ड’ सँगै ‘चेन्जमेकर अवार्ड’, ‘प्रोग्रेस अवार्ड’ र ‘क्याम्पेन अवार्ड’ गरी चार विशेष अवार्ड वितरण गर्छ।
यी अवार्ड विश्वभरका चारजना अभियन्तालाई दिइन्छ। बोनिताले १० हजार अमेरिकी डलर पुरस्कारसहित ‘ग्लोबल प्रोगेस अवार्ड’ जितेकी हुन्। यो वर्षको अवार्ड नेपाल, अफ्रिका, भारत र नाइजेरियाका संस्था तथा अभियन्ताले जितेका हुन्।
उनको संस्थाले कुपोषण ब्रासलेट तथा महिनावारी माला तयार पारेर जनचेतना जगाउँदै आएको छ। उक्त माला विभिन्न रङका दानाबाट बनाइएको हुन्छ।
यो मालाको सहयोगमा सुत्केरी आमाले आफ्नो बच्चालाई के-कस्ता पोषक खाना कति समयमा खुवाउने भन्ने सम्झाइन्छ।
त्यस्तै महिनावारीका विषयमा समेत के कस्तो खालको खाना खाने, के-के काम गर्ने के नगर्ने भनेर समेत ब्रासलेटबाटै जानकारी दिइन्छ।
यसअघि २०१९ मा उनलाई बीबीसीले विश्वका १०० प्रेरणादायी महिलाको सूचीमा राखेको थियो।
" /> काठमाडौं। सोसल चेन्ज मेकर एण्ड इनोभेटर (सोचाइ) की संस्थापक बोनिता शर्माले यस वर्षको ‘ग्लोबल गोल प्रोग्रेस अवार्ड’ जितेकी छन्।अन्तर्राष्ट्रिय संस्था ‘द बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन’ अन्तर्गत हरेक वर्ष ग्लोबल गोल अवार्ड कार्यक्रम आयोजना हुन्छ। यो वर्षको उक्त अवार्ड बोनिताले जितेकी हुन्।

">