काठमाडौ। पछिल्लो २४ घण्टामा १७ हजार ३२ यात्रु विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका भित्रिएका छन्।
सोही अवधिमा १५ हजार १५२ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्।
“गएको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी तीन हजार ७३५ सवारीसाधनमा १७ हजार ३२ जना यात्रु उपत्यका भित्रिएका छन्,” ट्राफिक कन्ट्रोल रुमद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “तीन हजार ६६५ सवारीसाधनमा १५ हजार १५२ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्।”
गएको २४ घण्टामा उपत्यकामा ३० सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।
ती दुर्घटनामा १० जना घाइते भएका छन्। घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ।
घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले बताएको छ।