काठमाडौं। काठमाडौंको महाराजगञ्जमा हिजो सवारी साधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा काठमाडौंकै बूढानीलकण्ठकी २६ वर्षीया अनुपा कार्की रहेकी छन्।
जेब्राक्रसिङबाट सडक पार गर्दै गरेकी उनलाई नारायणगोपालचोकबाट पुलिस एकेडेमीतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकले ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट उछ्टि्टिएकी उनी बा ११ च ४१४१ नम्बरको कारमा ठोक्किन पुगेकी थिइन्।
गम्भीर घाइते भएकी उनको उपचारका क्रममा महाराजगंज स्थित त्रि.वि शिक्षण अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा संलग्न कारसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मोटरसाइकलसहित फरार भएका चालकको खोजी भइरहेको छ।
यस्तै काठमाडौंको सोल्टीमोडमा गएराति कारको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन्। कालीमाटीबाट सोल्टीमोडतर्फ जाँदै गरेको बा १८ च ४१९४ नम्बरको कारको ठक्करबाट घाइते भएका भोजपुरका अन्दाजी ४० वर्षीय प्रकाश कार्कीको स्वस्थ्यमा अहिले सुधार आएको छ।
गएराति ९ बजे कारको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि शहीद मेमोरियल अस्पताल कलंकी पठाइएको थियो। कार चालक महानगरीय प्रहरी वृत कालीमाटीको नियन्त्रणमा रहेका छन्।
" /> काठमाडौं। काठमाडौंको महाराजगञ्जमा हिजो सवारी साधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।मृत्यु हुनेमा काठमाडौंकै बूढानीलकण्ठकी २६ वर्षीया अनुपा कार्की रहेकी छन्।

">