काठमाडौं। विख्यात उपन्यासकार मिलान कुन्देराले ४० वर्ष निर्वासनमा बिताए। नागरिकता नै प्रतिबन्ध लगाएको चेक गणराज्यले उनलाई गत वर्ष (२०१९)मात्रै त्यो पुनः प्रदान गर्यो। उनै कुन्देरालाई उनको जन्मदेशले त्यहाँको सबैभन्दा प्रतिष्ठित पुरस्कार ‘फ्रान्ज काफ्का पुरस्कार’ दियो।
पुरस्कारको राशि १० हजार अमेरिकी डलर रहेको छ। कुन्देरालाई पुरस्कार निम्ति छनौट गर्ने काम अन्तर्राष्ट्रिय मूल्यांकनकर्ताले गरेको फ्रान्ज काफ्का सोसाइटी र सिटी अफ प्रागले जानकारी दिएको छ। ‘कुन्देराले चेक संस्कृति प्रवर्द्धनमा असाधारण योगदान गरेका छन्,’’ सोसाइटीका अध्यक्ष भ्लादिमिर सेलेस्नीले भने, ‘‘यसले चेकमात्र होइन युरोपका साथै विश्व संस्कृतिमै सानदार प्रतिक्रिया पाउने छ।’’
सेलेस्नीका अनुसार जब ९१ वर्षीय लेखक कुन्देरालाई फोनबाट पुरस्कारबारे जानकारी दिइयो उनले यसलाई खुसीसाथ स्वीकार गरे। काफ्काको नाम जोडिएको पुरस्कार भएका कारण पनि उनी खुसी भएका थिए।
तत्कालीन चेकोस्लोभाकियाको कम्युनिस्ट सरकार विरोधी क्रियाकलाप गरेका कारण कुन्देरालाई १९५० मा निर्वासित गरिएको थियो। उनलाई सरकारले घृणाको नजरले हेर्थ्यो। अन्ततः उनी १९७५ मा फ्रान्स हिँडे। उनको चेक नागरिकता १९७९ मा रद्द गरियो। यसको कारण थियो, उनको उपन्यास ‘दि बुक अफ लाफ्टर एन्ड फर्गेटिङ’ प्रकाशन हुनु। उपन्यासमा उनले चेकोस्लाभोकियाका राष्ट्रपति गुस्ताभ हुसाकको चरित्र ‘दि प्रेसिडेन्ट अफ फर्गेटिङ’ (भुलक्कड राष्ट्रपति)जस्तो पारेर उतारेका थिए। उनले १९८१ मा फ्रान्सको नागरिकता पाए।
उनको प्रख्यात उपन्यास ‘अनबियरेबल लाइटनेस अफ बिइङ’ उनकै मातृभूमिमा ८० को दशकसम्म प्रतिबन्धित थियो। १९८८ मा आएको ‘इम्मोर्टालिटी’ चेक भाषामा लेखिएको उनको अन्तिम उपन्यास थियो। त्यसपछि भने उनले फ्रेन्च भाषामै लेख्न थाले।
१९८४ मा न्युयोर्क टाइम्ससँग कुरा गर्दै उनले भनेका थिए, ‘‘म फ्रान्समा आफ्नो जीवनको प्रतिस्थापन, एउटा वैकल्पिक जीवन वा वास्तविक जीवन के बाँच्न सक्छु ? के म आफैँसँग भन्न सक्छु– मेरो वास्तविक जीवन त चेकोस्लोभाकियामै छ, अन्य देशवासीको जसरी नै ? वा म आफ्नो जीवन फ्रान्समै स्वीकार्न सक्छु ? यहाँ, जहाँ म बसिरहेको छु, मेरो वास्तविक जीवन पूर्ण रुपमा बाँच्न सक्छु ? साँच्चै म बाँच्नका लागि फ्रान्स नै चुन्छु।’’
२००८ मा चेकको राष्ट्रिय साहित्य पुरस्कार पाउँदा पनि उनी देश फर्किएनन्। त्यतिमात्र होइन उनी जन्मेको सहर ब्रनोले २००९ मा उनलाई मानार्थ नागरिकता दिँदा पनि उनी फर्किएनन्।
गत वर्ष फ्रान्सका लागि चेक गणतन्त्रका राजदूतले पेरिसमा लेखक कुन्देरालाई भेटेर उनको नागरिकता हातैमा दिए, चेक फर्कन अनुरोध गर्दै। राजदूतले त्यसबखत भने, ‘‘चेक गणतन्त्रका एक अति महत्वपूर्ण लेखक, जसलाई देश फर्कन सांकेतिक अनुरोध गर्दछु।’’
कुन्देराले त्यसपछि आफ्नो महत्वपूर्ण पुस्तकालय ब्रनोस्थित मोराभियन लाइब्रेरीलाई प्रदान गरे। यो लाइब्रेरी चेक सरकारको संस्कृति मन्त्रालय मातहत रहेको छ। चेकमा यो घटनालाई विशाल कार्यक्रम मानिएको छ।
यसै महिनाको पूर्वार्द्धमा उनको पछिल्लो उपन्यास ‘दि फेस्टिभल अफ इनसिग्नीफिकेन्स’ चेक भाषामा अनुवाद गर्ने अनुमति दिइएको छ। अनुवादक अन्ना करेनिनोभाले ब्रनो दैनिकलाई कुन्देराको उपन्यास सही अनुवाद गर्न कम्तीमा १० वटा ड्राफ्ट तयार गर्नुपर्ने बताएकी थिइन्।
उनले पहिलो पटक कुन्देरालाई २०२० जनवरीमा अनुवाद देखाइन्। उनी भन्छिन्, ‘‘कुन्देराकी पत्नी भेराको सहयोगमा उपन्यास अनुवादलाई परिष्कृत गर्नै करिब दुई महिना लाग्यो।’’ उपन्यासको अनुवाद आगामी सेप्टेम्बरमा प्रकाशित हुने छ।
(दि गार्जियनबाट)