स्याङ्जा पहिरो अपडेट : सातजनाको शव फेला, दुईजना बेपत्ता, एकजनाको जीवितै उद्धार

स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिका-१४ मा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये सातजनाको शव फेला परेको छ।

दुईजना अझै बेपत्ता छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र जनप्रतिनिधिहरू पहिरो पन्छाउँदै खोजतलास गरिरहेका छन्।

नगरपालिका प्रमुख दिलिपप्रताप खाँणले घरधनी माया नेपाली, स्यानी नेपाली, दीपक नेपाली, दिवस नेपाली र उमा नेपालीको पहिचान खुलेको बताए। एक बालक र अर्की एक बालिकाको पहिचान खुल्न बाँकी छ।

“सातजनाको शव निकाली सक्यौं र दुईजनाको खोजी गर्दैछौं”, उनले देखापढीसँग भने, “अन्दाजी १८ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्धार गरिएकाे छ, उनलाई उपचारको लागि पोखरातिर पठाएका छौं।”

घरमा १० जना रहेको बताइएको छ। पहिरो बिहान ६ बजेतिर खसेको हो।

पहिरोग्रस्त क्षेत्रमा प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री नेतृत्वको टोलीमा पनि जाँदैछ।

प्रतिक्रिया दिनुहोस्