जापान। विवाह गर्दा खर्च धेरै हुन्छ।
चाहे दुलाहा पक्षबाट होस् वा दुलही पक्षबाट।
विवाहकै लागि भनेर मानिसहरू पैसा जम्मा गरेर राख्छन्। विवाहका लागि गरगहनादेखि लिएर अन्य विभिन्न सामान किन्नै पर्याे।
तर, संसारमा एउटा यस्तो देश छ जहाँ विवाह गर्नका लागि सरकारले रकम दिनेछ।
जापान सरकारले हालै विवाह गरेका नवजोडीलाई ६ लाख ऐन दिने भएको हो।
जन्मदर घटिरहेको जापानले जन्मदर बढाउनका लागि यस्तो अफर ल्याएको जापान टुडेले समाचार लेखेको छ।
पैसाको अभावमा विवाह गर्न नपाएका जोडीहरूलाई वैवाहिक सम्बन्धलाई सुमधुर बनाउन यस्तो योजना ल्याएको हो।
नवविवाहित सहायता कार्यक्रमअन्तर्गत यो योजना आगामी वर्षको अप्रिलबाट सुरू हुनेछ।
जापानमा ढिलो विवाह गर्ने र विवाह नै नगर्नेको संख्या बढिरहेको छ। जसले गर्दा जन्मदरमा प्रभाव परिरहेको छ।
यसलाई न्यूनीकरण गर्दै विवाह गर्ने जोडीलाई प्रोत्साहन गर्न यस्तो सहायातको घोषणा गरिएको जापानको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
यो सहायताअन्तर्गत धेरैभन्दा धेरै जोडीलाई आर्थिक सहायता प्रदान गरिनेछ। त्यसका लागि विवाह गर्न श्रीमान श्रीमतीको उमेर ४० वर्ष भन्दा कम हुनुपर्नेछ। जसको कुल आम्दानी ३८ लाख भन्दा कम छ उनीहरूले उक्त सहायता पाउनेछन्।
जापानमा विवाह जोडीको दुई बच्चा हुन्छन्। तर, हालै एक महिलाले आफ्नो जीवनकालमा औसतमा बच्चा जन्माउनेको संख्या १.३६ थियो।
२०१९ मा ८ लाख ६५ हजार बच्चा जन्मिएका थिए। जुन निकै कम हो।
१२ करोड ६३ लाख भन्दा बढी जनसंख्या रहेको जापानमा जनसंख्या वृद्धिदर १९७२ देखि घट्दै आएको छ।
" /> जापान। विवाह गर्दा खर्च धेरै हुन्छ।चाहे दुलाहा पक्षबाट होस् वा दुलही पक्षबाट।

">