काठमाडौं। पछिल्लो पाँच महिना एक साताको अवधिमा देशभर विपद्का घटनाबाट ४३६ जनाको मृत्यु भएको छ। ती घटनामा परी ७४० जना घाइते भएका छन्। विपद्का घटनामा परी अझै १०१ जना हराइरहेका छन्।
गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार २०७७ वैशाख १ देखि भदौ ६ गतेसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो। पहिरो, बाढी, चट्याङ, भारी वर्षा, सर्पदंश आदि विपद्का घटनामा परी उनीहरूले ज्यान गुमाएको केन्द्रले जनाएको छ।
गत वर्ष २०७६ सालमा विपद्का घटनामा परी ४०६ जनाको मृत्यु भएको थियो भने ४० जना बेपत्ता भएका थिए। विपद्का घटनाले अघिल्लो एक वर्षमा पुर्याएको मानवीय क्षतिभन्दा बढी यो वर्षको पहिलो पाँच महिनामा गरेको छ।
केन्द्रका अनुसार बितेका पाँच महिना एक साताको अवधिमा एक हजार ८५९ विपद्सम्बन्धी घटना भएका छन्। ती घटनामा ७४० जना घाइते भएका छन् भने पाँच हजार ७९२ परिवार प्रभावित भएका छन्। विपद्का घटनाले यो वर्ष ७४ करोड २८ हजार २१० रूपैयाँ बराबरको क्षति पुर्याएको केन्द्रले जनाएको छ।
विपद्का घटनाले यो वर्ष एक हजार २२३ घर पूर्ण क्षति र दुई हजार ८४० घरमा आंशिक क्षति पुर्याएको छ। विपद्का घटनामा परी दुई हजार १९१ पशु चौपाया मारिएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्ष सबैभन्दा बढीको मृत्यु पहिरो, बाढी र चट्याङका घटनाबाट भएको छ।
यो वर्ष पहिरो, बाढी र चट्याङका घटनामा परी ३७७ जनाको मृत्यु, १०१ जना बेपत्ता र ४२१ जना घाइते भएका छन्।
वैशाख १ गते यता पहिरोका घटनामा परी २७३ जनाको मृत्यु भइसकेको छ। पहिरोमा परी २०६ जना घाइते भएका थिए भने ६५ जना बेपत्ता भएका छन्।
पछिल्लो पाँच महिना एक साताको अवधिमा बाढीका घटनामा परी ३९ जनाको मृत्यु, ३६ जना बेपत्ता र ११ जना घाइते भएका छन्।
वैशाख १ गते यता चट्याङ लागेर ६५ जनाको मृत्यु भइसकेको छ। चट्याङ लागेर यो वर्ष २०४ जना घाइते भएका छन्।
" /> काठमाडौं। पछिल्लो पाँच महिना एक साताको अवधिमा देशभर विपद्का घटनाबाट ४३६ जनाको मृत्यु भएको छ। ती घटनामा परी ७४० जना घाइते भएका छन्। विपद्का घटनामा परी अझै १०१ जना हराइरहेका छन्।गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार २०७७ वैशाख १ देखि भदौ ६ गतेसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो। पहिरो, बाढी, चट्याङ, भारी वर्षा, सर्पदंश आदि विपद्का घटनामा परी उनीहरूले ज्यान गुमाएको केन्द्रले जनाएको छ।

">