खोलाले जीप बगाउँदा चालककाे मृत्यु, विद्युत प्राधिकरण तौलिहवाका प्रमुखसहित दुई जना बेपत्ता
काठमाडाैं। नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रका प्रमुखसहित ६ जना सवार जीपलाई खोलाले बगाएको छ।

बाणगंगा नगरपालिका वडा नम्बर ७ र ९ को सीमामा पर्ने कोइली खोलामा रहेको कजवे तर्ने क्रममा बा ञ १०८९ नम्बरको जीप खाेलाले बगाएको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले खोलाले जीप बगाउँदा विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रका प्रमुख कृष्णप्रसाद पौडेल र स्थानीय केशवप्रसाद भाट बेपत्ता भएको बताएका छन्। उनीहरूको खोजी कार्य जारी रहेको उनले बताए।

जीपका चालक माधवप्रसाद पाण्डे मृत अवस्थामा फेला परेका छन्। अन्य तीन जना भने सकुशल रहेका छन्। उनीहरू विद्युतकै कामको सिलसिलामा कपिलधान जाँदै थिए।

प्रतिक्रिया दिनुहोस्