खरायो छोप्दा करेन्ट लागेर मृत्यु
<p>कैलाली। गौरीगंगा नगरपालिका-१० बस्ने २९ को रघुवीर सिंह धामीको करेन्ट लागेर बुधबार मृत्यु भएको छ।<br />
<br />
सोही ठाउँ बस्ने नन्दराम ठगुन्नाको खेतबारीमा अज्ञात व्यक्तिले विद्युतीय तार जोडी खेतमा करेन्ट छोडेको अवस्थामा उक्त खेतबारीमा खरायो छोप्न गएका उनलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो।</p>
<p>यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
