काठमाडौं। बम विष्फोट तथा संगठित मुद्दाका फरार प्रतिवादी परवानीपुर गाउँपालिका-१ घर भएका ३६ वर्षीय कपिलदेव महतोलाई प्रहरीले पक्राउ गरेको छ।

बाराको परवानीपुर गाँउपालिका-४ स्थित एमएस इँटा उद्योगका सञ्चालकले फिरौती रकम दिन अस्वीकार गरेपछि २०७६ कात्तिक ४ गते इँटा उद्योगमा बम विष्फोट गराउने धम्की उनले दिएका थिए।

इलाका प्रहरी कार्यालय प्रसौनी र परवानीपुरबाट खटिएको प्रहरीले महतोलाई उनकै घरबाट पक्राउ गरेको हो। उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत बारा पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

यसैगरी डाँका तथा संगठित अपराध, हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादी महोत्तरीको गौशाला नगरपालिका-६ बस्ने ३० वर्षीय सतेन्द्रकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले गौशला नगरपालिका-५ स्थित मराहा खोलाको किनारमा क्रिकेट खेलिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ।

२०७५ पुस २३ गते मनरा शिसवा नगरपालिका-२ भोलही चोकस्थित एक घरमा हतियारधारी डाँकाहरूको समूहले बम विष्फोटन गराई १६ लाख रूपैयाँ बराबरको धनमाल लुटेको घटनामा यादव संलग्न रही फरार भएका थिए।

घटनाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

" /> काठमाडौं। बम विष्फोट तथा संगठित मुद्दाका फरार प्रतिवादी परवानीपुर गाउँपालिका-१ घर भएका ३६ वर्षीय कपिलदेव महतोलाई प्रहरीले पक्राउ गरेको छ।

बाराको परवानीपुर गाँउपालिका-४ स्थित एमएस इँटा उद्योगका सञ्चालकले फिरौती रकम दिन अस्वीकार गरेपछि २०७६ कात्तिक ४ गते इँटा उद्योगमा बम विष्फोट गराउने धम्की उनले दिएका थिए।

इलाका प्रहरी कार्यालय प्रसौनी र परवानीपुरबाट खटिएको प्रहरीले महतोलाई उनकै घरबाट पक्राउ गरेको हो। उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत बारा पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

यसैगरी डाँका तथा संगठित अपराध, हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादी महोत्तरीको गौशाला नगरपालिका-६ बस्ने ३० वर्षीय सतेन्द्रकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले गौशला नगरपालिका-५ स्थित मराहा खोलाको किनारमा क्रिकेट खेलिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ।

२०७५ पुस २३ गते मनरा शिसवा नगरपालिका-२ भोलही चोकस्थित एक घरमा हतियारधारी डाँकाहरूको समूहले बम विष्फोटन गराई १६ लाख रूपैयाँ बराबरको धनमाल लुटेको घटनामा यादव संलग्न रही फरार भएका थिए।

घटनाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

"> विभिन्न मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ: Dekhapadhi
विभिन्न मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ
काठमाडौं। बम विष्फोट तथा संगठित मुद्दाका फरार प्रतिवादी परवानीपुर गाउँपालिका-१ घर भएका ३६ वर्षीय कपिलदेव महतोलाई प्रहरीले पक्राउ गरेको छ।

बाराको परवानीपुर गाँउपालिका-४ स्थित एमएस इँटा उद्योगका सञ्चालकले फिरौती रकम दिन अस्वीकार गरेपछि २०७६ कात्तिक ४ गते इँटा उद्योगमा बम विष्फोट गराउने धम्की उनले दिएका थिए।

इलाका प्रहरी कार्यालय प्रसौनी र परवानीपुरबाट खटिएको प्रहरीले महतोलाई उनकै घरबाट पक्राउ गरेको हो। उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत बारा पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

यसैगरी डाँका तथा संगठित अपराध, हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादी महोत्तरीको गौशाला नगरपालिका-६ बस्ने ३० वर्षीय सतेन्द्रकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले गौशला नगरपालिका-५ स्थित मराहा खोलाको किनारमा क्रिकेट खेलिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ।

२०७५ पुस २३ गते मनरा शिसवा नगरपालिका-२ भोलही चोकस्थित एक घरमा हतियारधारी डाँकाहरूको समूहले बम विष्फोटन गराई १६ लाख रूपैयाँ बराबरको धनमाल लुटेको घटनामा यादव संलग्न रही फरार भएका थिए।

घटनाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्