भरूवा बन्दुकसहित पक्राउ <p>बाँके। राप्ती सोनारी गाउँपालिका-१ सुनखरे बस्ने ३७ वर्षीय शान्तबहादुर घर्तीलाई एक थान भरूवा बन्दुकसहित बुधबार प्रहरीले पक्राउ गरेको छ।</p> <p>उनको घरमा भरूवा बन्दुक अवैध रूपमा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कुसुमबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो।</p> <p>यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्