दुर्गम गाउँका ज्येष्ठ नागरिकलाई उपचार पाउनै मुस्किल
जाजरकाेट। जाजरकाेट नलगाड नगरपालिका–८, मंसिरीका ६१ वर्षीय रामबहादुर पुनलाई स्वास्थ्य संस्था पुग्न ६ घण्टाभन्दा बढी समय लाग्छ।

भिरालोसँगै अप्ठ्यारो बाटोमा उनलाई दिनभरि हिँडेर स्वास्थ्य संस्था पुग्न लाग्ने समयले उपचार सम्भव नभएको उनको गुनासो छ।

“१० देखि ४ बजेसम्म नपुगे डाक्टर भेटिंदैनन्, फेरि भोलिपल्ट बसेर उपचार गरी घर आउँदा दुई दिन लाग्छ,” उनलेभने।

नलगाड नगरपालिका–७ स्थित दल्लीमा रहेको स्वास्थ्य संस्था पुग्न आधा बाटो हिँडेर र आधा बाटो गाडीमा यात्रा गर्नु पर्दछ। हातमा लौरीको सहारा र एकजना सहयोगी लिएर स्वास्थ्य संस्था जाँदा र आउँदा धेरै खर्च हुने गरेको उनको गुनासो छ।

त्यस्तै डोल्पा मुड्केचुला गाउँपालिका–४ का ६७ वर्षीय श्याम सिंह रुखबाट लडेर हात भाँचिएको आठ दिनपछि मात्र नेपालगञ्जस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि पुगे।

“मेरो घरसम्म सडक पुगेको छैन, गाडी त मैले बल्ल तीन पटक चढेँ, हात भाँचिएपछि घरेलु उपचार गरियो तर सञ्चो नभएपछि गाडी भाडा खोजेर नातिलाई सहयोगी लिएर आएको छु,” सिंह भन्छन्।

त्यस्तै जाजरकाेट बारेकोट गाउँपालिका–८, लैखमकी ८१ वर्षीय पवित्रा खत्री घरको आँगनमै लडेर खुट्टामा समस्या भएको आज एक महिनाभन्दा बढी भयो तर उनलाई उपचार गर्न कसैले वास्ता गरेका छैनन्।

दुई घण्टा हिँडेर पुग्न सकिने सेपुखोलास्थित स्वास्थ्य संस्थामा अहिलेसम्म उपचारका लागि लगिएको छैन।

डोकोमा राखी बोकेर उपचारका लागि लानुपर्ने बाध्यताकै कारण उनले अहिलेसम्म उपचार पाएकी छैनन्।

जाजरकोट र डोल्पाका अधिकांश दुर्गम गाउँका ज्येष्ठ नागरिक, शारीरिकरूपमा अशक्त, अपाङ्ग भएका स्थानीयवासीका लागि बिरामी हुँदा उपचार पाउन मुस्किल भएको छ।

स्वास्थ्य संस्था आउन र जान मात्र धेरै समय र खर्च लाग्ने भएका कारण समस्या भएको हो।

गाउँगाउँमा सडक सञ्जाल नजोडिएका कारण ज्येष्ठ नागरिक, अपाङ्गता भएकालाई उपचार गर्न अझ बढी समस्या भएको हो।

अधिकांश ज्येष्ठ नागरिकको रोग पालेर बस्ने तर, स्वास्थ्य संस्था टाढा भएका कारण उपचार नपाउने अवस्था रहेको छ।

जाजरकोट र डोल्पाका अधिकांश भागमा सडक यातायात पुगेको छैन।

हिँउद याममा मात्र घोडेटा बाटाहरूमा यात्रा गर्न केही सजिलो भए पनि वर्षायाममा भने पूरै ठप्प हुने गर्दछ।

गाउँगाउँमा भएका स्वास्थ्य संस्थाहरू पायक पर्ने ठाउँमा नहुँदा जान र आउन मात्र केही दिन लाग्ने गर्दछ।

लामो समयसम्म हिँड्नु पर्दा शरीर गलेर थकान भई थप बिरामी पर्ने गरेको ज्येष्ठ नागरिकको भनाइ छ।

घरेलु उपचार र औषधि पसलबाट अनुमानका भरमा खरिद गरेर ल्याएको औषधि सेवन गरी ज्येष्ठ नागरिकको उपचार हुँदै आएको पाइन्छ।

यसले रोग निको हुनुको साटो अर्को समस्या आउने गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्