महाराष्ट्र। भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा परेर मृत्यु हुने व्यक्तिको संख्या ३९ पुगेको छ। त्यसमा परेर निधन भएका व्यक्तिको संख्या ३९ पुगेको महाराष्ट्रको ‘नेसनल डिजास्टर रेस्पोन्स फोर्स्’ले जानकारी दिएको छ।
उक्त फोर्सले दिएको जानकारीअनुसार त्यसमा रहेकामध्ये कम्तीमा पनि ३९ जनाको ज्यान गएको र अरु २५ जनाको उद्धार गरिएको थियो। महाराष्ट्रको भिवान्डी भन्ने स्थानमा रहेको पटेल कम्पाउण्ड क्षेत्रको एक भवन सोमबार बिहान भत्किएको थियो।
तीन तल्ले सो भवन भत्किँदा त्यसमा रहेका ती व्यक्तिको ज्यान गएको बताइएको हो। सो भवन सोमबार बिहान ४:४० बजे भत्किएको स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।
सो भवनमा पुरिएका व्यक्तिलाई तत्कालै उद्धार गरी निकालिएको भारतको ‘नेसनल डिजास्टर रेस्पोन्स फोर्स्’ले जनाएको छ। तर पनि त्यहाँ बस्ने नागरिकको संख्या धेरै रहेकाले धेरैको ज्यान गएको उक्त एनडिआरएफका अधिकारीहरुले बताएका छन्।
थप च्यापिएर रहेका व्यक्तिको उद्धारको काम जारी रहेको भन्दै बुधबारसम्म त्यहाँ रहेका ३९ जनाको ज्यान गएको उद्धार अधिकारीहरुले जानकारी दिएका हुन्। रासस/एएनआई
" /> महाराष्ट्र। भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा परेर मृत्यु हुने व्यक्तिको संख्या ३९ पुगेको छ। त्यसमा परेर निधन भएका व्यक्तिको संख्या ३९ पुगेको महाराष्ट्रको ‘नेसनल डिजास्टर रेस्पोन्स फोर्स्’ले जानकारी दिएको छ।उक्त फोर्सले दिएको जानकारीअनुसार त्यसमा रहेकामध्ये कम्तीमा पनि ३९ जनाको ज्यान गएको र अरु २५ जनाको उद्धार गरिएको थियो। महाराष्ट्रको भिवान्डी भन्ने स्थानमा रहेको पटेल कम्पाउण्ड क्षेत्रको एक भवन सोमबार बिहान भत्किएको थियो।

">