अफगानिस्तानको लोगार प्रान्तमा २५ आतंककारीको मृत्यु <p>लोगार। अफगानिस्तानको पूर्वी लोगार प्रान्तमा प्रहरी कारबाहीमा पछिल्लो २४ घण्टामा २५ जना आतंककारीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीसँगको भिडन्तमा अरु १८ जना घाइते भएका छन्।</p> <p>प्रान्तीय प्रहरी प्रवक्ता शापूर अहमदजाईले हतियारधारी समूहले बाराकी बाराक जिल्लाको प्रहरी जाँच चौकीमा आक्रमण गरेपछि प्रहरीले जवाफी कारबाही गरेको बताए।</p> <p>प्रहरीले विद्रोहीबाट हातहतियार पनि बरामद गरेको थियो। अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया दिएको छैन।</p> <p>एएनआई</p>
प्रतिक्रिया दिनुहोस्