बालबालिका फकाएर गहना लुट्ने महिला पक्राउ
महानगरीय प्रहरी वृत बौद्धले बालबालिका लक्ष्य गरी गरगहना लुट्ने ३२ वर्षीया क्षेत्रीलाई पक्राउ गरेको जनाएको छ। प्रहरीले जनाएअनुसार क्षेत्रीले उपत्यकाका विभिन्न स्थानमा गई बालबालिकाले नाक, कान, घाँटीलगायका ठाउँमा लगाएको गहना लुटने काम गरेकी थिइन।
म्याग्दी स्थायी घर भई हाल काठमाडौँ बालाजुमा डेरा गरी बस्ने क्षेत्रीले एक्लै हिँडेका बालबालिकालाई आमाको साथी हुँ भन्दै चकलेट, आइसक्रिम किनेर प्रलोभनमा पार्दै सुन लगायतका धातुका गहना लुट्ने गरेको महानगरीय प्रहरी वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीलाई उद्धृत गर्दै राससले जनाएको छ। उनले चार देखि १० वर्षका बालबालिकालाई लक्षित गर्ने गरेकी थिइन्।
कार्कीका अनुसार विगत लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेकी ती महिलाले सुन लुटेको भन्दै उपत्यकाका विभिन्न प्रहरी कार्यालयका गरी २२ पीडित बालबालिकका अभिभावकले उजूरी दिएका थिए। उपत्यकाका बौद्ध, माकलबारी, मनमैजु, कपुरधारा, कोटेश्वर, कपन, आरुबारी, महाङ्काललगायतका क्षेत्रलाई लक्ष्य गरी क्षेत्रीले चोरी गर्दै आइरहेकी थिइन।
प्रहरीले चोरीका गहना किनबेचमा संलग्न रहेको भन्दै ललितपुरको कनिबहालस्थित एक सुन पसलका व्यापारीलाई पनि पक्राउ गरी अनुसन्धान थालेको बताएको छ। चोरीका गहना अभियुक्त क्षेत्रीले काभ्रे घर भई हाल ललितपुरमै बसोबास गर्दै आएका ३० वर्षे मुरली बिकको कनिबहालस्थित दर्ता बिनाको सुन पसलमा लगेर बेच्ने गरेको अनुसनुधानमा खुलेको प्रहरीले जनाएको छ।
बिकको पसलबाट प्रहरीले ३० हजार रुपैयाँसहित चुडिएको सिक्रीलगायतका सामान प्रहरीले बरामद गरेको छ।
प्रतिक्रिया दिनुहोस्