सरकारको निर्णय विपरीत होस्टलमा पठनपाठन गर्ने एक जना पक्राउ <p>कास्की।&nbsp;सरकारी निर्णय उल्लंघन गरी होस्टलमा पठनपाठन गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रयामा लिएको छ।</p> <p>पोखरा महानगरपालिका-४ गैह्रापाटनस्थित अलब्राइट होष्टलमा विद्यार्थीहरू राखेर पठनपाठन समेत गरी संचालन गरेको आरोपमा सोही होस्टलको सञ्चालिका पोखरा महानगरपालिका-८ न्युरोड घर भएकी ३२ वर्षीया सनसरी श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो।</p> <p>कोरोना भाईरस रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारद्वारा निषेधित होष्टल, स्कुल, व्यामशाला, धार्मिक स्थलहरु, बढी भिडभाड हुने स्थानहरु संचालन नगर्ने नगराउने निर्णय विरुद्धमा कार्य गरेको भन्ने सूचनाको आधारमा खटिएको &nbsp;प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।</p> <p>उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय कास्की पठाइएको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्