कास्की। सरकारी निर्णय उल्लंघन गरी होस्टलमा पठनपाठन गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रयामा लिएको छ।
पोखरा महानगरपालिका-४ गैह्रापाटनस्थित अलब्राईट होष्टलमा विद्यार्थीहरू राखेर पठनपाठन समेत गरी संचालन गरेको आरोपमा सोही होस्टलको सञ्चालिका पोखरा महानगरपालिका-८ न्यूरोड घर भएकी ३२ वर्षीया सनसरी श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो।
कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारद्वारा बढी भीडभाड हुने स्थानहरू सञ्चालनमा रोक लगाएकोमा सो निर्णय विरुद्धमा कार्य गरेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई थप कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा पेस गरिएको छ।
" /> कास्की। सरकारी निर्णय उल्लंघन गरी होस्टलमा पठनपाठन गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रयामा लिएको छ।पोखरा महानगरपालिका-४ गैह्रापाटनस्थित अलब्राईट होष्टलमा विद्यार्थीहरू राखेर पठनपाठन समेत गरी संचालन गरेको आरोपमा सोही होस्टलको सञ्चालिका पोखरा महानगरपालिका-८ न्यूरोड घर भएकी ३२ वर्षीया सनसरी श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो।

">