मकवानपुर। भीमफेदी-कुलेखानी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा आज बिहान पहिराले स्कार्पियो पुरिँदा एकजनाको मृत्यु भएको छ ।
भारी वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा. १७ प ४८७४ नम्बरको स्कार्पियो पुरिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ईन्द्रबहादुर रानाले बताए। मृतकको सनाखत भएको छैन।
पहिरोमा दुईजना घाइते भएका छन्। घाइते हुनेको नाम खुलेको छैन। उक्त पहिराले काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा. ९७ प ४८५१ नम्बरको मोरटरसाइकलमा क्षति पुग्दा मोटरसाइकलमा सवार दुईजना घाइते भएका इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।
घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। रासस
" /> मकवानपुर। भीमफेदी-कुलेखानी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा आज बिहान पहिराले स्कार्पियो पुरिँदा एकजनाको मृत्यु भएको छ ।भारी वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा. १७ प ४८७४ नम्बरको स्कार्पियो पुरिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ईन्द्रबहादुर रानाले बताए। मृतकको सनाखत भएको छैन।

">