कास्की। प्रहरीले बाघको छाला, सालकको खपटा तथा आखेटोपहारसहित पोखरामा एक जनालाई पक्राउ गरेको छ।
धादिङको गल्छी गाउँपालिका-४ का २८ वर्षीय सन्तोष लामिछानेलाई विशेष सूचनाका आधारमा हिजो साँझ पोखरा महानगरपालिका-३१ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।
पक्राउ परेका लामिछानेको साथबाट बाघको छाला लम्बाइ आठ तथा चौडाइ तीन फिटको एक थान, सालकको खपटा लम्बाइ दुई फिट पाँच इन्च र चौडाइ ११ इन्चको एक थान तथा वन्यजन्तुको (बाघ) जस्तो देखिने हाड खुट्टा तथा पञ्चा अन्दाजी तीन किलो ७५० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सिसुवाको टोलीले जाँच गर्ने क्रममा प्रदेश ३-०२-०११ प ७८०६ नम्बरको मोटरसाइकलको पछाडि जेब्रा झोलामा ती सामग्री लुकाएर ल्याउँदै गर्दा नियन्त्रणमा लिइएको प्रनाउ हमालले जानकारी दिए।