तनहुँ। डुम्रेस्थित स्थानीय युनिटी ग्रुपमा आबद्ध युवाहरूको सक्रियतामा स्थापना गरिएको फुड बैंकमार्फत दुई स्थानीय तहका ३८५ घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ।
‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भन्ने अभियानअन्तर्गत एक हप्ताको अवधिमा बन्दिपुर र भानु नगरपालिका क्षेत्रमा ती परिवारलाई खाद्यान्न सहयोग गरिएको हो।
कोरोना महामारिका कारण रोजगार गुमाएका, वृद्धवृद्धा, अपाङ्गता, न्यून आए भएका परिवारलाई खाद्यान्न सहयोग गरिएको ग्रुपका संयोजक विक्रम गुरुङले बताए।
प्रतिपरिवार चार केजी चामल, एक पोका नुन, तेल, मसला, तरकारी र सोयाबिन वितरण गरेको हो। फुड बैंक सञ्चालनका देश विदेशका शुभचिन्कहरूले सहयोग गरेका थिए। रासस
" /> तनहुँ। डुम्रेस्थित स्थानीय युनिटी ग्रुपमा आबद्ध युवाहरूको सक्रियतामा स्थापना गरिएको फुड बैंकमार्फत दुई स्थानीय तहका ३८५ घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ।‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भन्ने अभियानअन्तर्गत एक हप्ताको अवधिमा बन्दिपुर र भानु नगरपालिका क्षेत्रमा ती परिवारलाई खाद्यान्न सहयोग गरिएको हो।

">