काठमाडौं। आफ्नै ट्याक्टर। आम्दानी पनि राम्रै थियो। एकपछि अर्को प्रगतिले सुखद पारिवारिक जीवनको सपना देख्‍न थालिसकेका थिए।

तर त्यो धेरै दिन टिकेन। २०५१ सालमा ट्याक्टर दुर्घटनामा श्रीमान गम्भीर घाइते भए। त्यसपछि भने उनीहरूको जीवनमा कालो बादल मडारिएर आयो। काभ्रे नमोबुद्ध-६ कानपुरकी ३९ वर्षीया सरस्वती मैनाली (शुभद्रा) को भोगाई हो यो ।

दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका पति शम्भु उपचार गराउँदा-गराउँदैं उनीहरूसँग भएको सारा सम्पत्ति सकियो। त्यसपछि भने उनीहरू गाउँ-समाजबाट मात्र नभएर आफन्तबाट समेत टाढिन थाले।

पतिको उपचार गर्दैगर्दा सम्पत्ति सकिएर ऋणमा डुबेपछि काठमाडौं आएर सरस्वती साहुकहाँ काम गर्न थालिन्।

शम्भुको उपचार गराउन ८६ लाख खर्च लाग्ने अस्पतालले जानकारी दियो। भएको सम्पत्ति सकेर ऋण परिसकेका उनीहरूका लागि त्यत्रो पैसा जुटाउने हिम्मत आएन। जसले गर्दा शम्भु अहिले पनि दैनिक २०० रूपैयाँको औषधि नै खाइरहेछन्।

“यत्रो ८६ लाख रूपैयाँ खर्च गरेर उपचार गराएको भए त ठिक हुनुहुन्थ्यो। कहाँबाट ल्याउने त्यत्रो पैसा ? अहिले पनि बेला-बेला बेहोस् हुनुन्छ।” सरस्वतीले भनिन्।

ज्याला मजदुरी गर्दै आएकी उनी केही समयपछि रामहिटीस्थित कैलाश स्कूलमा सरसफाइको काम गर्न थालिन्। तर, त्यो कमाइले श्रीमानको उपचार र घरखर्च धान्न सकिएन। धुम्बराहीमा एक घरमा दुई वर्ष काम गर्दासम्म पारिश्रमिक नपाएपछि पर्खाल नाघेर भागेको तीतो अनुभव सुनाउँछिन् उनी।

उनलाई कसैले ५०० रूपैयाँ दिएर केही व्यवसाय गर्न भने। त्यसपछि उनी सडककिनारमा मकै पोलेर बेच्न थालिन्। “मकै पोलेर बेच्नभन्दा तरकारी बेच्दा दुई पैसा बढी कमाइ हुन्छ कि भनेर साग बेच्नतिर लागेँ। ऋण गरेर गाडा किने, टोल-टोल र गल्ली-गल्ली गएर तरकारी बेच्न थालें।” सरस्वतीले भनिन्।

सात वर्षदेखि ठेलागाडामा तरकारी

चावहिल गोपीकृष्ण हल आसपास क्षेत्रमा ठेलामा तरकारी व्यापार गर्दै आएकी उनी घर-घरमा साग पुर्‍याउँछिन्। अचेल त त्यस क्षेत्रका मानिसहरू उनैले ल्याएको साग मात्र रुचाउँछन्।

प्रत्येक दिन बिहान ३ बजे उठ्छिन्, मूलपानी पुग्छिन्। किसानसँग तरकारी खरिद गर्छिन्। ऋणमा किनेको आफ्नै भ्यानमा हालेर चाबहिल ल्याउँछिन्। त्यहाँ ल्याएको तरकारी विभिन्न पसलमा दिन्छिन्। बचेको तरकारी ठेलामा राखेर घर-घर चहार्छिन्। उनको यो दैनिकी सात वर्षदेखि चलिरहेको छ।

यो सबै दु:ख आफ्नै परिवारको सुन्दर सपना बोकेर गरेको सरस्वती सुनाउँछिन्।

परिवार नै रोगग्रस्त

श्रीमान मात्र होईनन्, परिवारका सबै सदस्य कुनै न कुनै रोगले पिरोलिएका छन्। उनी आफू पनि मिर्गौंला रोगी छिन्। पैसा अभावमा रोग पालेर बसेकी उनी पीडा हुँदा पेनकिलर औषधि खाएर बस्छिन्।

उनी भन्छिन्, “दिनमा ६ ट्याब्लेटसम्म निम्स र ब्रुफिन खान्छु। डाक्टरले यो औषधि यति धेरै खानुहुन्न भन्छन्, तर मेडिकलमा आफैँ जान्छु, किनेर खान्छु र काममा जान्छु। बिरामी भएर घरमा बस्‍ने छुट त मलाई कहाँ छ र !”

उनी छोरी सुस्मिता अहिले १८ वर्षकी भइन्। कक्षा १० मा पढ्छिन्। उनीमा पनि सुस्तमनस्थितिको समस्या भएको डाक्टरले बताएका छन्। १० वर्षका छोरा सञ्जितलाई पनि रोगले सताइरहन्छ।

“मैले काम गरेर आफ्नो परिवार पालिरहेकी छु। स्वास रहञ्जुले काम गर्छु। आफ्नो परिवारलाई केहीमात्रामा भएपनि खुशी बनाउँछु।” सरस्वतीले भनिन्।

अहिले भाइरल सरस्वती

संघर्षका बीच ठेलामा तरकारी बेच्दै आएकी उनी यतिबेला भने चर्चामा छिन्। गत वैशाखमा एक महिला प्रहरीले लकडाउनको बेला व्यापार गरेको भन्दै ठेला फ्याँकिदेको भिडिओ सार्वजनिक भयो। सामाजिक सञ्‍जालमा त्यो भिडिओले खुब चर्चा पायो।

चार महीनापछि भदौमा भिडिओ चर्चामा आएसँगै सरस्वतीलाई विभिन्न क्षेत्रबाट सहयोग आउन थालेको छ। यो देखेर आसपासका साथीसंगीले समेत आरिस गर्न थालेका छन्।

“केहीले अब त भाइरल भइस्, मिडियाले धनी बनाइदिन्छन्। रिस गर्नेहरू धेरै देखिए। जसले जे भने पनि गाली गरेपनि म आफ्नो काम छोड्दिन्।” उनले भनिन्।

" /> काठमाडौं। आफ्नै ट्याक्टर। आम्दानी पनि राम्रै थियो। एकपछि अर्को प्रगतिले सुखद पारिवारिक जीवनको सपना देख्‍न थालिसकेका थिए।

"> बटुवाले दिएको ५०० ले तरकारी व्यापार थालेकी सरस्वतीको संघर्षको कथा: Dekhapadhi
बटुवाले दिएको ५०० ले तरकारी व्यापार थालेकी सरस्वतीको संघर्षको कथा

प्रतिक्रिया दिनुहोस्