बैङ्किङ कसुर मुद्दाका फरार दोषी पक्राउ <p>पर्वत।&nbsp;बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी जलजला गाउँपालिका&ndash;२ बस्ने ३० वर्षीय कृष्ण बहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।</p> <p>उच्च अदालत तुलसीपुर बुटवलले २०७६ वैशाख ८ गते उक्त मुद्दामा &nbsp;उनलाई नौ लाख ९० हजार रुपैयाँ जरिवाना र ६ महिना कैद ठहर गरेको थियो।</p> <p>त्यसपछि फरार रहेका कार्कीलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो।&nbsp;</p> <p>कार्कीलाई जिल्ला कारागार पर्वत पठाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्