टेलिफोनको तार चोरी गरेको आरोपमा ४ जना पक्राउ
मोरङ। विराटनगर महानगरपालिकाको विभिन्न स्थानहरुबाट नेपाल टेलिकमको तार चोरी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरुलाई सोही महानगरपालिका-४ स्थित जमानुगाछीबाट प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-६ बस्ने २१ वर्षीय विजय सहनी, २१ वर्षीय रविन सहनी, १९ वर्षीय सुमित सहनी र एक जना १८ वर्षीय किशोर रहेका छन्।

उक्त स्थानबाट टेलिकमको तार चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले अनुसन्धान गर्नेक्रममा उनीहरूलाई नेपाल टेलिकमको १ सय ५० पेयर, २ सय २० मिटर केवल तार र को.९ प ४१५८ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो।

उनीहरूलाई चोरी ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्