मृत अवस्थामा फेला परेको चितुवा गाडियो
<p>कैलाली। बैतडीमा मृत अवस्थामा फेला परेको चितुवालाई खाडलमा गाडिएको छ।</p>
<p>बैतडीको पाटन नगरपालिका-८ स्थित ज्याफु जंगलमा अन्दाजी ७ वर्षको चितुवा आज बिहान मृत अवस्थामा फेला परेको थियो।</p>
<p>पासोमा परेको चितुवा १ हप्ता अघि नै मरेको हुनसक्ने डिभिजन वन कार्यालय बैतडीका वन अधिकृत केशव पराजुलीले बताए।</p>
<p>उनले जंगली जनावरका लागि थापिएको पासोमा चितुवा परेको हुन सक्ने भन्दै सोको अनुसन्धान गरिरहेको जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्
