कारागार र वीर अस्पताल मिलेर आफ्नो बुवाको हत्या गरेको भन्दै उनीहरूले अस्पतालमा आज दिनभर विरोध प्रदर्शन गरेका थिए। शुरूमा कोरोना संक्रमति भन्दै अस्पतालले शव हेर्न समेत दिएको थिएन्। चर्को दवावपछि शव हेर्न दिएको मृतकका भाई बुहारी पुनम जैशवालले जानकारी दिइन्।
आफ्नो जेठाजुको कारागार र अस्पताल मिलेर मारेको भन्दै न्याय दिलाईदिन आग्रह गरिन्। पूर्व जनप्रतिनिधि समेत रहेका जैसवाल कर्तव्य ज्यान मुद्धामा ८ वर्षदेखि जेलमा थिए। उनी असोज २२ गते छुट्दै थिए।
घटना कसरी भयो?
असोज ३ गते दिनभर कारागारभित्रै साथीभाईसँग चेस खेलेर समय बिताए। त्यसअघि एक साता अघि मात्रै उनको समूहमा रहेका ४० जनाको कोरोना परीक्षण गराईएको थियो। जसमा सबैको रिपोर्ट नेगेटिभ आएका थियो।
दिनभर राम्रै व्यक्ति राति एकाएक स्वास्थ्यमा समस्या आएपछि जेल प्रशासनले वीर अस्पताल लग्यो। अस्पताल भर्ना गरेको करिब २० मिनेटपछि उनको निधन भयो। जेलबाट उनको घरमा फोन गरियो।
फोन गरेर, ‘तपाईमो मान्छे उपचारका क्रममा बित्नुभयो।’ भन्ने खबर पाएपछि श्रीमती, छोरी तथा आफन्तहरू रातारात अस्पताल आए।
उनीहरू अस्पताल पुगेपछि कोरोना संक्रमणबाट मृत्यु भएको भनियो। त्यसो भए एकपटक बुवाको मुख हेर्न दिनुहोस्, न भन्दा अस्पतालले कोरोना संक्रमति भन्दै हेर्न दिइएन्।

पेशाले नर्ससमेत रहेकी मृतककी छोरी रश्मीले नर्सको परिचय दिएर शव हेर्न गइन्। जब आफ्नो बुवाको शव देखिन्, त्यसपछि भने उनी मुर्छित भइन्। शव हेरेर लुकाएर भिडिओ खिचेकी रश्मिले भनिन्, “मुखमा दुई वटा मास्क लगाइएको थियो। अनुहारभर घाउ नै थियो। मुख र नाकबाट रगत बगिरहेको थियो। शरीरभर पोलेको डाम थियो। अनि कोरोना संक्रमणबाट मृत्यु भएको भए कसरी त्यस्तो भयो?”
शवको पोष्टमार्टम गर्न तयार:
हत्या गरिएको दाबीहहित परिवार तथा स्थानीयले आज दिनभर अस्पतालमा विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनपछि मृतकका आफन्त, समाजसेवी, प्रहरी, कारागार र वीर अस्पतालबीच शवको पोष्टमार्टम गर्ने तयारी गरिएको छ।
अस्पतालले प्रशासन र कारागारले पोष्टमार्टम गरिने जनाएको छ। शवको पोष्टमार्टम गर्न दिन तयार भएपछि थप शंका पैदा भएको मृतककी भाई बुहारी पुनमले भनिन्।
“अहिलेसम्म कोरोना संक्रमितको पोष्टमार्टम गरिएको छैन्। यदि हाम्रो मान्छे कोरोना संक्रमणबाटै मृत्यु भएको हो। भने पोष्टमार्टम गर्न कसरी तयार भए ? यसले थप आशंका पैदा भएको छ।” उनले भनिन्।

शवको व्यवस्थापन गर्न सकिएन: अस्पताल
वीर अस्पताल वीर अस्पतालमा निर्देशक डा. केदार सेन्चुरीले शवको व्यवस्थापन गर्न नसक्दा समस्या भएको बताए। अस्पतालमा बिरामी आउनुभन्दा पहिला नै मृत्यु भइसकेको ड्युटी अफिसरको नोटमा उल्लेख गरिएको भन्दै परिवारजनले लगाएको आरोप निराधार भएको बताए।
मृत्यु भइसकेपछि कारागारबाट आएको कैदी भएकाले डाक्टरले पीसीआर परीक्षण गराउन अनुमति दिएको र रिपोर्ट पोजिटिभ आएको उनको भनाई छ।
"पीसीआरको रिपोर्ट हिजो ५ गते मात्र आयो। त्यति दिनसम्म शव गृहमा राख्दा शव कुहिइएको हो। हामीसँग डिफ्रिज छैन्। हाम्रो यहाँ त बढीमा दुई दिनमात्र शव राखिन्छ। तर, यो शव तीन दिन रहँदा डिकम्पोज भएको हो। शवलाई डिफ्रिजमा राख्न सकिएको भए हुन्थ्यो। त्यो सकिएन्" निर्देशक डा. सेन्चुरीले भने।
" /> कारागार र वीर अस्पताल मिलेर आफ्नो बुवाको हत्या गरेको भन्दै उनीहरूले अस्पतालमा आज दिनभर विरोध प्रदर्शन गरेका थिए। शुरूमा कोरोना संक्रमति भन्दै अस्पतालले शव हेर्न समेत दिएको थिएन्। चर्को दवावपछि शव हेर्न दिएको मृतकका भाई बुहारी पुनम जैशवालले जानकारी दिइन्।आफ्नो जेठाजुको कारागार र अस्पताल मिलेर मारेको भन्दै न्याय दिलाईदिन आग्रह गरिन्। पूर्व जनप्रतिनिधि समेत रहेका जैसवाल कर्तव्य ज्यान मुद्धामा ८ वर्षदेखि जेलमा थिए। उनी असोज २२ गते छुट्दै थिए।

">