कैलाली। गत साउन २८ गते कैलालीमा प्रहरीको हिरासतमा भएको मृत्युको घटनामा तीन प्रहरी दोषी ठहर गरिएका छन्। अमरबहादुर चन्द मृत्यु प्रकरणमा दोषी देखिएका ३ जना प्रहरी कारबाहीमा परेका छन्।
प्रहरी उपरीक्षक राजिब बस्नेत नेतृत्वमा गठन भएको छानबिन समितिले प्रहरीको लापरबाही ठहर गर्दै ३ जना प्रहरीलाई कारबाहीको लागि सिफारिस गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताए।
सीमा प्रहरी चौकी बहुलियाको शौचालयमा ब्लेडले आफ्नै घाँटी रेटेको अवस्थामा फेला परेका चन्दको हत्या गरिएको आरोप उनका परिवारले लगाउँदै आएका छन्।
त्यस्तै हिरासतमै १९ वर्षीय किशोरको मृत्यु भएको अर्को घटनाको छानबिन गर्न गठित समितिले तोकिएको मितिमा प्रतिवेदन बुझाउन नसकेपछि ५ दिन म्याद थप गरिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले छानबिन समितिलाइ प्रतिवेदन तयार गर्न ५ दिनको थप समयको दिइएको जानकारी दिए ।
धनगढीका १९ वर्षीय रोशन बिक कैलाली प्रहरीको थुनुवा कक्षमा मृत फेला परेको छानबिनका लागी प्रहरी उपरीक्षक बस्नेतको नेतृत्वमा ५ सदस्य समिति गठन गरिएको थियो।
" /> कैलाली। गत साउन २८ गते कैलालीमा प्रहरीको हिरासतमा भएको मृत्युको घटनामा तीन प्रहरी दोषी ठहर गरिएका छन्। अमरबहादुर चन्द मृत्यु प्रकरणमा दोषी देखिएका ३ जना प्रहरी कारबाहीमा परेका छन्।प्रहरी उपरीक्षक राजिब बस्नेत नेतृत्वमा गठन भएको छानबिन समितिले प्रहरीको लापरबाही ठहर गर्दै ३ जना प्रहरीलाई कारबाहीको लागि सिफारिस गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताए।

">