पहिरोमा परेर एकजनाकाे मृत्यु, एक बेपत्ता
<p style="text-align: justify;">गुल्मी। ईश्मा गाउँपालिका-२, रातचौरमा सोमबार राति आएको पहिरोमा परेर सोही गाउँपालिका स्यालाका ३९ वर्षीय प्रेमबहादुर कुमालको मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">उक्त पहिरोका परेर दुईजना बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ उनीहरूको खोजी गर्ने क्रममा मंगलबार बिहान कुमालको शव फेला परेको प्रहरीले जनाएकाे छ। </p>
<p style="text-align: justify;">पहिरोमा परेर बेपत्ता भएका स्थानीय युवराज कुमालको छोरा ५ वर्षीय सफलको खोजी भइरहेको छ। </p>