काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु हुनुका साथै पाँचजना घाइते भएका छन्।
चितवनको भरतपुर महानगरपालिका-१४, सुन्दरवस्तीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय २३ वर्षीय प्रकाश भुजेल हुन्।
सुन्दरवस्तीबाट पटिहानी तर्फ जाँदै गरेको ना ३४ प ६८८२ नम्बरको मोटरसाइकल गएराति पौने १२ बजे अनियन्त्रित भएर पल्टिँदा भुजेल घाइते भएका थिए। उनको उपचारको क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा राती सवा १२ बजे मृत्यु भएको प्रहरीले जनाएकाे छ।
बाँकेको कोहलपुर नगरपालिका-८, पिपिरी चोकमा साेमबार साँझ ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा कोहलपुर नगरपालिका-९ की ७० वर्षीया सुरतिया थारु रहेकी छन्।
नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे १ ख १६५३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। साँझ ७ बजे भएको सवारी दुर्घटनामा संलग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुनसरीको दुहबी नगरपालिका-८ मा साेमबार साँझ भ्यानको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन्।
को २ च ६८५ नम्बरको भ्यानको ठक्करबाट घाइते भएका अन्दाजी ३५ वर्षीय पुरुषलाई उपचारको लागि विराटनगरस्थित विराट नर्सिङ होम पठाइएको छ। साँझ सवा ७ बजे भएको सवारी दुर्घटना लगत्तै फरार भएमा भ्यान चालकको खोजी भइरहेको छ।
सर्लाहीको मलंगवा नगरपालिका-४ मा पनि हिजो साँझ भ्यानको ठक्करबाट मोटरसाइकल सवार तीनजना घाइते भएका छन्।
घाइते हुनेमा चालक सर्लाहीको चक्रघट्टा गाँउपालिका-७ का २५ बर्षीय लक्ष्मण साह, मोटरसाइकलमा पछाडि सवार २३ वर्षीय राजकिशोर राउत र २४ वर्षीय सुदिश साह रहेका छन्।
घाइते सबैलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ। घाइतेमध्ये चालकको अवस्था भने गम्भीर रहेको छ।
नवलपुरबाट मलंगवातर्फ आउँदै गरेको बा ८ च ४८०५ नम्बरको भ्यानले प्रदेश नम्बर २, ०३-००८ प ५५२७ नम्बरको मोटरसाइकललाई साँझ साढे ६ बजे ठक्कर दिएको थियाे।
नवलपुरको गैँडाकोट नगरपालिका-१०, लाङघाली चोकमा साेमबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
घाइते भएका गैँडाकोट नगरपालिका-८ का ४९ वर्षीय अग्निधर आचार्यको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
ना ५ ख ३०३६ नम्बरको ट्रकले आचार्य सवार ना ५७ प ३६९ नम्बरको मोटरसाइकललाई साँझ पौने ६ बजे ठक्कर दिएको थियो।
ट्रक चालकलाई इलाका प्रहरी कार्यालय गैडाकोटले नियन्त्रणमा लिएको छ।
" /> काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु हुनुका साथै पाँचजना घाइते भएका छन्।चितवनको भरतपुर महानगरपालिका-१४, सुन्दरवस्तीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

">