काठमाडौं। लामो दूरीका सवारी साधन पुन: सञ्चालन भएसँगै काठमाडौं आउने र बाहिरिने यात्रुको संख्या बढेको छ।
ट्राफिक कन्ट्रोल रुमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा पाँच हजार २०४ वटा सवारीसाधन भित्रिएका छन्। ती सवारीसधानमा २२ हजार ८४६ भित्रिएका छन्।
त्यस्तै, सोही अवधिमा चार हजार ८८० ओटा सवारीसाधनमा २५ हजार २६४ यात्रु उपत्यकाबाट बाहिरिएका छन्।
२४ घण्टामा उपत्यकामा १९ ओटा सवारी दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौँ उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ। विभिन्न नाका हुँदै उपत्यका भित्रिने र बाहिरीने लामो दूरीका सवारी साधन पनि सामान्य रूपमानै सञ्चालन भइरहेको ट्राफिक प्रहरीले जनाएका छन्।
" /> काठमाडौं। लामो दूरीका सवारी साधन पुन: सञ्चालन भएसँगै काठमाडौं आउने र बाहिरिने यात्रुको संख्या बढेको छ।ट्राफिक कन्ट्रोल रुमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा पाँच हजार २०४ वटा सवारीसाधन भित्रिएका छन्। ती सवारीसधानमा २२ हजार ८४६ भित्रिएका छन्।

">