काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङका आलोचक भनी चिनिएका एक व्यवसायीलाई चीन सरकारले १८ वर्षको सजाय तोकेको छ। रेन जिक्विङ नामका रियल इस्टेट व्यवसायीले राष्ट्रपति सीलाई गवाँर भनेपछि बेइजिङ नम्बर २ इन्टरमिडियट अदालतले त्यस्तो सजाय सुनाएको हो।
उनीमाथि भ्रष्टाचारको आरोप पनि लगाइएको छ। जिक्विङ राज्य सञ्चालित कम्पनीको पूर्वकार्यकारी हुन्। उनलाई ४.२ मिलियन युआन जरिवाना पनि तोकिएको छ। अदालतको वेबसाइटमा मंगलबार उनीमाथिको सजायबारे उल्लेख गरिएको छ।
जिक्विङले आफ्ना सबै अपराध स्वेच्छाले नै स्वीकार गरिसकेको अदालतको फैसलामा उल्लेख छ। अदालतको फैसलामाथि पुनरावेदन गर्न पाइने छैन।
अधिकारकर्मीहरूका अनुसार चीनमा सी र कम्युनिस्ट पार्टीको भ्रष्टाचारबारे बोल्न पाइँदैन। जिक्विङ चिनियाँ कम्युनिस्ट पार्टीका चर्चित आलोचक हुन्।
उनले राष्ट्रपति सीले कोरोना भाइरस नियन्त्रण गर्न नसकेको भन्दै गवाँरको उपमा दिएका थिए। अनुशासन र कानुनको गम्भीर उल्लंघनको आरोपमा उनीमाथि अप्रिलमा अनुसन्धान थालिएको थियो।
कोरोना संक्रमणबारे आलोचनात्मक आलेख लेखेका उनी अचानक बेपत्ता भएका थिए। कम्पनीको पदबाट उनी मार्चमा बाहिरिएका थिए। ६९ वर्षीय जिक्विङका साथीहरूले उनी बेपत्ता भएलगत्तै सम्पर्क गर्न खोज्दा असफल भएका थिए र निकै चिन्तित भएका थिए।
फेब्रुअरी २३ मा बाहिरिएको उनको आलेखमा सरकारको संकट र पार्टीबारे आलोचनात्मक कुरा लेखिएको थियो। आलेखमा सीधै कतै सीको नाम जोडिएको थिएन। केवल सांकेतिकरूपमा ‘नांगो राजा र उनको नयाँ लुगा’(इम्पेरर्स न्यु क्लोथ) भनिएको थियो।
आलेखको अनुदित अंशमा भनिएको छ- पछिल्लो महामारीको अवस्थामा सरकारले पार्टी (चिनियाँ कम्युनिस्ट) र त्यसका कार्यकर्ताको मात्रै रक्षा गरेको छ। सरकारी अधिकारीहरू पनि आफ्नै हितको रक्षा गरिरहेका छन्।
सरकारी नीतिविरुद्ध सार्वजनिकरूपमा बोलेको भन्दै उनलाई २०१६ मा एक वर्ष सजाय दिइएको थियो। लाखौं फलोअर रहेको उनको सामाजिक सञ्जाल बन्द गरिएको थियो ।
२०१२ मा सी सत्तामा आएपछि बेइजिङले नागरिक समाजमाथि टेढो नजर राख्न थालेको छ। वाक्स्तन्त्रतामाथि प्रतिबन्ध लगाउँदै स्वतन्त्रता पक्षधर र वकिलहरूलाई हिरासतमा लिइएको छ। (दि गार्जियन)
" /> काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङका आलोचक भनी चिनिएका एक व्यवसायीलाई चीन सरकारले १८ वर्षको सजाय तोकेको छ। रेन जिक्विङ नामका रियल इस्टेट व्यवसायीले राष्ट्रपति सीलाई गवाँर भनेपछि बेइजिङ नम्बर २ इन्टरमिडियट अदालतले त्यस्तो सजाय सुनाएको हो।उनीमाथि भ्रष्टाचारको आरोप पनि लगाइएको छ। जिक्विङ राज्य सञ्चालित कम्पनीको पूर्वकार्यकारी हुन्। उनलाई ४.२ मिलियन युआन जरिवाना पनि तोकिएको छ। अदालतको वेबसाइटमा मंगलबार उनीमाथिको सजायबारे उल्लेख गरिएको छ।

">