सप्तरी। दुई महिनादेखि शान्त रहेको सप्तरीको उत्तरपूर्वी भेगको क्षेत्रमा पुनः हात्तीको समूह प्रवेश गरी वितण्डा मच्चाउन थालेपछि स्थानीयवासी आतङ्कित भएका छन्।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका ९ वटा हात्तीको समूहले अग्निसाइर कृष्णसवरन गाउँपालिका-६, मोहनपुरमा तोडफोड मच्चाउँदै अन्नसमेत नष्ट गरेपछि स्थानीयवासी आतंकित बनेका हुन्।
गाउँमा पसेको हात्तीको समूहले खेतमा लगाएको बालीनाली खाएर तथा कुल्चेर नष्ट गर्दा लाखौँको क्षति भएको छ।
स्थानीय चन्द्रप्रसाद बञ्जारा र भवनाथ कोइरालाको पक्की घरको ढोका तथा छाप्रो घरको भित्ता नै भत्काउनुका साथै घरभित्र ७०० लिटरको ट्यांकमा राखेको चामललगायत पिठो, गहुँ, मकै, आलु खाएर, कुल्चिएर तथा आँगन, खेतमा छरेर क्षति पुर्‍याएको स्थानीय बाबुराम बस्नेतले जानकारी दिए।
स्थानीय प्रदीप आचार्यले असारपछि आउन छाडेको हात्तीले पुनः गाउँ प्रवेश गरी नोक्सान पुर्‍याउन थालेपछि स्थानीयवासी चिन्तित बनेको बताए।
सोमबार पनि ९ वटाको सङ्ख्यामा रहेको हात्ती कञ्चनरुप नगरपालिका–१२, पौडाहाखोलातर्फ देखिएको घाँस, दाउरा गर्न जङ्गल जानेहरूले बताएका छन्।
बर्सेनि हात्तीले गाउँमा पसी वितण्डा मच्चाउँदै जनधनको क्षति पुर्‍याउँदासमेत हात्ती नियन्त्रण हुन सकेको छैन। रासस
" /> सप्तरी। दुई महिनादेखि शान्त रहेको सप्तरीको उत्तरपूर्वी भेगको क्षेत्रमा पुनः हात्तीको समूह प्रवेश गरी वितण्डा मच्चाउन थालेपछि स्थानीयवासी आतङ्कित भएका छन्।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका ९ वटा हात्तीको समूहले अग्निसाइर कृष्णसवरन गाउँपालिका-६, मोहनपुरमा तोडफोड मच्चाउँदै अन्नसमेत नष्ट गरेपछि स्थानीयवासी आतंकित बनेका हुन्।
गाउँमा पसेको हात्तीको समूहले खेतमा लगाएको बालीनाली खाएर तथा कुल्चेर नष्ट गर्दा लाखौँको क्षति भएको छ।
स्थानीय चन्द्रप्रसाद बञ्जारा र भवनाथ कोइरालाको पक्की घरको ढोका तथा छाप्रो घरको भित्ता नै भत्काउनुका साथै घरभित्र ७०० लिटरको ट्यांकमा राखेको चामललगायत पिठो, गहुँ, मकै, आलु खाएर, कुल्चिएर तथा आँगन, खेतमा छरेर क्षति पुर्‍याएको स्थानीय बाबुराम बस्नेतले जानकारी दिए।
स्थानीय प्रदीप आचार्यले असारपछि आउन छाडेको हात्तीले पुनः गाउँ प्रवेश गरी नोक्सान पुर्‍याउन थालेपछि स्थानीयवासी चिन्तित बनेको बताए।
सोमबार पनि ९ वटाको सङ्ख्यामा रहेको हात्ती कञ्चनरुप नगरपालिका–१२, पौडाहाखोलातर्फ देखिएको घाँस, दाउरा गर्न जङ्गल जानेहरूले बताएका छन्।
बर्सेनि हात्तीले गाउँमा पसी वितण्डा मच्चाउँदै जनधनको क्षति पुर्‍याउँदासमेत हात्ती नियन्त्रण हुन सकेको छैन। रासस
"> हात्तीको समूह गाउँ पसेर क्षति गर्न थालेपछि स्थानीयवासी आतंकित: Dekhapadhi
हात्तीको समूह गाउँ पसेर क्षति गर्न थालेपछि स्थानीयवासी आतंकित
सप्तरी। दुई महिनादेखि शान्त रहेको सप्तरीको उत्तरपूर्वी भेगको क्षेत्रमा पुनः हात्तीको समूह प्रवेश गरी वितण्डा मच्चाउन थालेपछि स्थानीयवासी आतङ्कित भएका छन्।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका ९ वटा हात्तीको समूहले अग्निसाइर कृष्णसवरन गाउँपालिका-६, मोहनपुरमा तोडफोड मच्चाउँदै अन्नसमेत नष्ट गरेपछि स्थानीयवासी आतंकित बनेका हुन्।
गाउँमा पसेको हात्तीको समूहले खेतमा लगाएको बालीनाली खाएर तथा कुल्चेर नष्ट गर्दा लाखौँको क्षति भएको छ।
सोमबार पनि ९ वटाको सङ्ख्यामा रहेको हात्ती कञ्चनरुप नगरपालिका–१२, पौडाहाखोलातर्फ देखिएको घाँस, दाउरा गर्न जङ्गल जानेहरूले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्