काठमाडौं। यतिखेर अमेरिकामा राष्ट्रपति निर्वाचनले वातावरण तातेको छ।
उक्त मुलुकमा राष्ट्रपतिले पाउने तलबबारे खासै चर्चा हुँदैन। किनकि राष्ट्रपतिले पाउने तलबभन्दा पदको शक्ति कयौं गुना बढी हुन्छ।
विश्वको ध्यान जहिले पनि अमेरिका र त्यहाँका राष्ट्रपतितर्फ एकोहोरिएकै हुन्छ।
राष्ट्रपति पदको शक्ति र प्रभावका अघिल्तिर तलबभत्तालाई खासै धेरै मान्दैनन् विश्लेषकहरू। सम्मानका खातिर त्यो रकम उपलब्ध गराइने उनीहरूको भनाइ रहने गर्छ।
अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्षिक तलब ४० लाख डलर रहेको छ। नेपाली रूपैयाँमा उक्त रकमलाई परिवर्तन गर्दा धेरै देखिए पनि अमेरिकाको परिवेश र पदका तुलनामा त्यसलाई खासै ठूलो रकम मानिँदैन।
यता छिमेकी भारतका राष्ट्रपतिको तलब पाँच लाख (भारू) प्रतिमहिना छ। अर्थात् अमेरिकाका राष्ट्रपतिको तुलनामा निकै कम। अन्य सुविधा भने राष्ट्रपतिले पाउँछन्। त्यसो त भारतमा राष्ट्रपतिलाई कार्यकारी अधिकार छैन, नेपालमा जस्तै। अमेरिकामा राष्ट्रपति शक्तिशाली पद हो।
नेपालमा राष्ट्रपति पद संवैधानिक हो। कार्यकारी अधिकार छैन। यहाँको राष्ट्रपतिको मासिक तलब डेढ लाख छ। अन्य भत्ता भने उपलब्ध गराइन्छ।
अमेरिकाका राष्ट्रपतिलाई तलबका अतिरिक्त अन्य १७ प्रकारका भत्ता दिइन्छ। भ्रमण, मनोरञ्जन, सुरक्षा, स्वास्थ्य, लत्ताकपडाजस्ता शीर्षकमा सुविधा उपलब्ध गराइन्छ।
राष्ट्रपति ट्रम्प ठूला व्यापारी हुन्। उनी रियल इस्टेट (घरजग्गा)को व्यापार गर्थे। उनको व्यापारबाट वार्षिक १.३ बिलियन डलर आम्दानी हुने गरेको थियो। (एजेन्सीहरूको सहयोगमा)
" /> काठमाडौं। यतिखेर अमेरिकामा राष्ट्रपति निर्वाचनले वातावरण तातेको छ।उक्त मुलुकमा राष्ट्रपतिले पाउने तलबबारे खासै चर्चा हुँदैन। किनकि राष्ट्रपतिले पाउने तलबभन्दा पदको शक्ति कयौं गुना बढी हुन्छ।

">