लमजुङमा चट्याङ लागेर एकजनाको मृत्यु, एक घाइते

लमजुङ। लमजुङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ।

सोमबार साँझ ५ः३० बजे चट्याङ परेर घाइते भएका बेँसीशहर नगरपालिका-६, पुमागाउँका ४२ वर्षीय सन्त विकको जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

विक ठूलोबुबाको घरमा बसेको बेला चट्याङ लागेर शरीरको विभिन्न भागमा चोट पुगी घाइते भएका थिए।

उनकाे उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए।

उनका अनुसार सोही वडामा बस्ने २२ वर्षीय चिजा गुरुङ सोही चट्याङ पर्दा घाइते भएका छन्।

घाइते भएपछि गुरुङलाई पनि जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि लगिएकाे प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार घाइते गुरुङलाई खुट्टालगायत शरीरको विभिन्न भाग झमझमाउने र दुख्ने भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्