कञ्चनपुर। माछा मार्न सीमावर्ती क्षेत्रमा गएका बेलडाँडी गाउँपालिका-४, बैवाहाका चारजनालाई भारतीय व्यक्तिहरूले नियन्त्रणमा लिई सोमबार साँझ अज्ञात स्थलतर्फ लगेका छन्।
गाउँपालिकाको वडा नं ५ नजिकको खल्लाबाट चारैजनालाई भारतीयहरूले नियन्त्रणमा लिएका हुन्।
सीमास्तम्भ नम्बर ७८५/२ र ७८६ को बीचमा रहेको खल्लामा माछा मार्नका लागि गएका २६ वर्षीय वीरेन्द्र खत्री, २५ वर्षीय भोजराज रोकाया, ३२ वर्षीय मानबहादुर सुनार र ४० वर्षीय पदम सुनारलाई दुई भारतीयले नियन्त्रणमा लिई भारततर्फ लगेकाे उनीहरूका परिवारले बताएका छन्।
नियन्त्रणमा लिइएका व्यक्तिहरूसँग भारतीयहरूले जनही २० हजार रूपैयाँ फिरौती रकम मागेको खबर निजका परिवारजनबाट सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) बेलडाँडीमा प्राप्त भएको सशस्त्र प्रहरी बल नेपाल नं ३५ हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए।
बीओपी झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक गङ्गादत्त बोगटीको कमाण्डमा गएको सातजनाको टोलीले भारतीय एसएसबीको टाटरगञ्जसँग समन्वय गरिरहेको छ। उनले भने, “भारतीयहरूले नियन्त्रणमा लिएका व्यक्तिहरूबारे खोजबिन गरिरहेका छौँ।”
यसैगरी पुनर्वास नगरपालिका-८, मोतियाफाँटबाट भारतको जङ्गलबाट काठ काट्दै गरेको अवस्थामा पृथ्वी वस्तीका ३५ वर्षीय डम्बरे सुनारलाईे हिजो साँझ नै भारतीय वन रक्षक सुमेरनगरको टोलीले नियन्त्रणमा लिई पलियातर्फ लगेको छ।धकध
डम्बरेका बुबा थले सुनारले दशगजा नजिकैको सीमास्तम्भ नम्बर ७६६/७ को नजिकै रहेको नालामा माछा मार्ने क्रममा भारतीय वनरक्षकले नियन्त्रणमा लिएर लगेको भनी इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीमा निवेदन दिएका छन्। रासस
" /> कञ्चनपुर। माछा मार्न सीमावर्ती क्षेत्रमा गएका बेलडाँडी गाउँपालिका-४, बैवाहाका चारजनालाई भारतीय व्यक्तिहरूले नियन्त्रणमा लिई सोमबार साँझ अज्ञात स्थलतर्फ लगेका छन्।गाउँपालिकाको वडा नं ५ नजिकको खल्लाबाट चारैजनालाई भारतीयहरूले नियन्त्रणमा लिएका हुन्।

">