संकुचन गरेको सेवा प्रवाह सर्वोच्चले विस्तार गर्ने
<p>काठमाडौं। बन्दाबन्दी र कर्फ्यु आदेश हटाइएपछि सर्वोच्च अदालतले थुनुवा भएका मुद्दाहरूलाई प्राथमिकता दिने भएको छ। पेशीमा चढाएर सुनुवाई प्रक्रिया थालिने अदालतले जनाएको छ।</p>
<p>संवैधानिक इजलासमा पेश हुने रिट निवेदन/मुद्दाको प्रारम्भिक सुनुवाई पनि गरिने भएको छ। रिट निवेदनहरूको सुनुवाई हेर्दाहेर्दैमा रहेका मुद्दाको पक्ष उपस्थित भए पेशी चढाएर सुनुवाई गरिने अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।</p>
<p>यससँगै पुनरावलोकनको बाँकी निवेदनहरूको पनि सुनुवाई गर्ने सर्वोच्चको तयारी छ। नेपाल बार एसोसियससँगको छलफलपछि अदालतले अर्को सूचना नभएसम्मका लागि अदालतको सेवा विस्तार गर्ने निर्णय गरेको हो।</p>
<p>यसअघि, कोरोना भाइरस संक्रमणको महामारीका कारण अदालतले प्रवाह हुने सेवामा संकुचन गर्ने निर्णय गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
