लागुऔषध सहित पक्राउ <p>दाङ।&nbsp;लमही नगरपालिका-९ अमिलियाबाट ३ सय २५ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बाँके नेपालगञ्ज उपमहानगरपालिका-११ भट्टी टोल बस्ने ३५ वर्षीय महिन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ।</p> <p>लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका अन्सारीको शरीर तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।</p> <p>यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्