धुलिखेलमा एक महिलामाथि सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ <p>काभ्रेपलाञ्चोक।&nbsp;२८ वर्षीया महिलालाई धुलिखेलस्थित उनकै डेरामा बलात्कार गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।</p> <p>पक्राउ पर्नेहरूमा धुलिखेल नगरपालिका-४ स्थित प्रभात पोल्ट्री फर्ममा काम गर्नेहरू महाभारत गाउँपालिका-१ घर भएका २२ वर्षीय विशाल आले, मकवानपुर हेटौंडा उपमहानगरपालिका&ndash;१२ घर भएका २८ वर्षीय अमृत खड्का र भारत पश्चिम बंगाल घर भएका २३ वर्षीय रघुनाथ मण्डल रहेका छन्।</p> <p>उनीहरूले विभिन्न डरत्रास देखाई पटक पटक बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।</p> <p>उनीहरूलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्