मकवानपुर। मकवानपुरको राक्सिराङ-३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु भएको छ। मृत्यु भएकामा राक्सिराङ गाउँपालिका–३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मनहरीबाट सरिखेत पलाँसे जाँदै गरेको ना.१ ज ७१७५ नंको बोलेरो जीप आज दिउँसो दुर्घटना हुँदा दुबै बालकको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएका राक्सिराङ गाउँपालिका–३ का २७ वर्षीय सुरज शाहीलाई थप उपचारका लागि भरतपुर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।
जीप चालक राक्सिराङ–५ का भीषण प्रजालाई प्रहरीले नियन्त्रणमा लिइ घटनाका विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ।
रासस
" /> मकवानपुर। मकवानपुरको राक्सिराङ-३ मैनाटारमा जीप दुर्घटना हुँदा दुई जना बालकको मृत्यु भएको छ। मृत्यु भएकामा राक्सिराङ गाउँपालिका–३ का १३ वर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।मनहरीबाट सरिखेत पलाँसे जाँदै गरेको ना.१ ज ७१७५ नंको बोलेरो जीप आज दिउँसो दुर्घटना हुँदा दुबै बालकको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएका राक्सिराङ गाउँपालिका–३ का २७ वर्षीय सुरज शाहीलाई थप उपचारका लागि भरतपुर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।
जीप चालक राक्सिराङ–५ का भीषण प्रजालाई प्रहरीले नियन्त्रणमा लिइ घटनाका विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ।
रासस
">